पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विशेष संयन्त्र आवश्यक रहेकोमा जोड दिइएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत निर्वाचन अवधिमा फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको
पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक तथा स्थान हद फुकुवा गरेको छ। ओलीको बयान लिएपछि आयोगले उनीमाथि लगाइएका बन्देजहरू फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज निर्णय सार्वजनिक गर्दै फुकुवाको
पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै ‘महिला अधिकारका लागि दबाब अभियान’ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। अभियानका सहभागीहरू शुक्रबार बिहान माइतीघरमा भेला भई बानेश्वरसम्म विरोध र्यालीसहित प्रदर्शनमा उत्रिएका हुन्। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको
काठमाडौँ, पुस १६ — सरकारले कर्मचारी सरुवामा देखिँदै आएको बेथिति अन्त्य गर्न सफ्टवेयर प्रणालीमार्फत सरुवा व्यवस्थापन गर्ने तयारी गरेको छ। पहुँच र दबाबका आधारमा सरुवा हुने अभ्यास रोक्दै निष्पक्ष, पारदर्शी र तटस्थ प्रणाली लागू गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो। यसअघि निर्माण भइसकेको
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ। एकतासम्बन्धी सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछि
पुस १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार खुला प्रतिस्पर्धातर्फ रमेश प्रसाईं सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन् । प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित निर्वाचित
पुस १४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन् । आयोगको कार्यालयमा उपस्थित भई लेखकले बयान दिएका हुन् । केही दिनअघि आयोगले उनलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको थियो । जेनजी आन्दोलनका